३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गत आर्थिक वर्ष श्रम स्वीकृति लिनेको संख्या घट्यो, करिब ७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीमा

अ+ अ-

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार समीक्षा अवधिमा ७ लाख ९२ हजार १ सय ८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्।

विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये ६ लाख ९७ हजार ९६ जना पुरुष र ९५ हजार ९१ जना महिला रहेका छन्। यो संख्या आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४७ हजार ७९ ले कम हो। अघिल्लो आर्थिक वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति प्राप्त गरेका थिए।

तथ्यांकले संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकको संख्यामा उल्लेख्य गिरावट आएको देखाएको छ। गत आर्थिक वर्ष म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९ सय ९० जना बिदेसिएका छन्। व्यक्तिगत श्रम स्वीकृतिमार्फत १ लाख २८ हजार ५ सय २० जना वैदेशिक रोजगारीमा गएका छन् भने सरकार–सरकार (जी–टु–जी) प्रणालीबाट ८ हजार १ सय ९७ जना बिदेसिएका छन्।

अघिल्लो आर्थिक वर्षमा भने म्यानपावर कम्पनीमार्फत ३ लाख ५९ हजार ६ सय ७५ जना श्रमिक विदेश पठाइएको थियो। त्यसको तुलनामा गत आर्थिक वर्ष यस्तो संख्या ९० हजार ६ सय ८५ ले घटेको विभागको विवरणमा उल्लेख छ।

गन्तव्य मुलुकका आधारमा हेर्दा संयुक्त अरब इमिरेट्स (युएई) सबैभन्दा धेरै नेपाली श्रमिक जाने मुलुक बनेको छ। पुनः श्रम स्वीकृति लिएकासमेत गरी युएईमा १ लाख ८३ हजार ५ सय ८० जना पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७ सय ५३, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ तथा कतारमा १ लाख २१ हजार २ सय ३० जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि गएका छन्।

त्यसैगरी, कुवेतमा ४३ हजार ३ सय ६०, रोमानियामा ३३ हजार ३ सय ६० र जापानमा २२ हजार २ सय ६६ जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएर रोजगारीका लागि प्रस्थान गरेको विभागको तथ्यांकले देखाएको छ।

0 Comments