३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागि असोज मसान्तभित्र परिचयपत्र नवीकरण गर्न आग्रह

अ+ अ-

काठमाडौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले आगामी असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता पाउने सबै लाभग्राहीको सूची अद्यावधिक तथा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम सबै लाभग्राहीले तोकिएको समयभित्र परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

नवीकरणका लागि सम्बन्धित लाभग्राही स्वयं आफ्नो वडा कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान (बायोमेट्रिक) प्रक्रियामार्फत सेवा लिनुपर्नेछ। अस्थायी रूपमा अन्यत्र बसोबास गरिरहेका लाभग्राहीले भने आफू बसोबास गरिरहेको स्थानको वडा कार्यालयबाट पनि नवीकरण गराउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यद्यपि, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ अनुसार १६ वर्ष उमेर नपुगेका बालबालिका, आफैँ हेरचाह गर्न नसक्ने अशक्त व्यक्ति तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लाभग्राहीका रूपमा सूचीकृत हुन राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुने व्यवस्था यथावत् रहने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले नवीकरणको समयसीमा असोज मसान्तसम्म रहेकाले अन्तिम समयमा अनावश्यक भिडभाड हुन नदिन लाभग्राहीलाई समयमै वडा कार्यालयमा पुगेर प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

0 Comments