४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दिगो पूर्वाधार विकासका लागि प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण’ : ऊर्जा मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका पूर्वाधार आयोजनालाई गुणस्तरीय तथा दीर्घकालीन बनाउन इन्जिनियरिङ जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आधुनिक पूर्वाधार निर्माणमा प्राविधिक दक्षता, जिम्मेवारी बोध र नवीन सोच आवश्यक रहेको उल्लेख गरे ।

उनले सडक, पुल, जलविद्युत आयोजना, विद्युत् प्रसारण प्रणाली, सिँचाइ संरचना तथा सूचना प्रविधिसम्बन्धी पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदान निर्णायक हुने बताए । सरकार सुरक्षित, भरपर्दो, वातावरणमैत्री र प्रभावकारी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले जलविद्युत उत्पादन क्षमता विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय विद्युत् प्रसारण सञ्जालको विकास, सिँचाइ प्रणालीको सुधार तथा डिजिटल पूर्वाधार विस्तार सरकारको दीर्घकालीन विकास दृष्टिकोणअन्तर्गत अघि बढाइएका क्षेत्र भएको स्पष्ट पारे ।

उनका अनुसार विकास आयोजनाको मूल्याङ्कन अब केवल विनियोजित बजेट खर्च भएको आधारमा मात्र गरिने छैन । आयोजना समयमै सम्पन्न भए–नभएको, लागत व्यवस्थापन प्रभावकारी भए–नभएको र त्यसबाट सर्वसाधारणले वास्तविक लाभ प्राप्त गरे–नगरेको विषयलाई समेत प्रमुख आधार बनाइने नीति सरकारले अवलम्बन गरेको छ ।

ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले क्षेत्रीय विद्युत् व्यापार विस्तार र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्ष इन्जिनियरहरूको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उनले पूर्वाधार विकासलाई केवल भौतिक संरचना निर्माणको विषयका रूपमा सीमित नराखी सामाजिक अवसर विस्तार, समान पहुँच र आर्थिक समृद्धिसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए ।

0 Comments