५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक बालबालिकाको संरक्षणका लागि सरकारको सक्रियता बढ्यो, दैनिक उद्धार र पुनर्स्थापना अभियान जारी

अ+ अ-

काठमाडौँ । सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले खोजतलास, उद्धार तथा पुनर्स्थापनाका गतिविधिलाई तीव्र बनाएको छ।

महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) ले सडक बालबालिका मुक्त नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्यअनुसार नियमित अनुगमन, गस्ती र उद्धार कार्य सञ्चालन गरिरहेको जनाएको छ।

मन्त्रालयले मन्त्री सिता बादीले जिम्मेवारी सम्हालेपछि सडकमा रहेका बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै उद्धार तथा पुनर्स्थापनासम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित बनाएको हो।

अभियानअन्तर्गत सडकमा असुरक्षित अवस्थामा रहेका, बाध्यतावश माग्नुपर्ने अवस्था पुगेका तथा विभिन्न सामग्री बिक्री गरेर गुजारा चलाउन बाध्य बालबालिकाको पहिचान गरी उद्धार गर्ने कार्य भइरहेको छ। उद्धार गरिएका बालबालिकालाई तत्कालीन संरक्षण, आवश्यक मनोसामाजिक सहयोग, पारिवारिक परामर्श तथा अवस्थाअनुसार पुनर्स्थापनाका प्रक्रिया अघि बढाइने गरिएको मन्त्रालयले जनाएको छ।

बालबालिकालाई सडक जीवनको जोखिमबाट बाहिर ल्याई सुरक्षित वातावरण, शिक्षा, संरक्षण र सम्मानजनक भविष्यको सुनिश्चितता गर्नु राज्यको प्रमुख जिम्मेवारी भएको मन्त्री सिता बादीले बताएकी छन्।

उनले सडक बालबालिका मुक्त नेपाल बनाउने लक्ष्य पूरा गर्न मन्त्रालय सम्बन्धित निकायसँगको समन्वयमा निरन्तर रूपमा प्रभावकारी कदम चालिरहेको उल्लेख गरेकी छन्। मन्त्रालयका अनुसार अभियानलाई अझ प्रभावकारी बनाउन उद्धार, संरक्षण र पुनर्स्थापनाका सेवाहरूलाई निरन्तर विस्तार गरिनेछ।

0 Comments