विराटनगर । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–१ स्थित टंकी सिनवारी तथा आसपासको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध चोरी पैठारीको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सोमवार सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाका आधारमा सीमा क्षेत्रमा निगरानी बढाउने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त परिमाणको सामान बरामद गरेको हो।
चोरी पैठारीमा संलग्न व्यक्ति र बरामद गरिएका सम्पूर्ण सामानलाई आवश्यक कानुनी कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







