काठमाडौँ । काठमाडौँको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा सडक दुर्घटना भएको छ। दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने अन्य सवारीसाधनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भएको थियो। त्यसपछि सुरक्षा निकायले पल्टिएको ट्यांकर हटाउने कार्य सुरु गरेसँगै सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको वा नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ। घटनाको कारण र क्षतिको यकिन विवरण संकलन गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको छ।







