५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्नामा बसेकी बिनु र महिला मन्त्री वादीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी बिनु यादवसँग महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी थिइन् । 

उनले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुन बमोजिम आवश्यक प्रक्रियाअघि बढाइ दिन आग्रह गरेको मन्त्री वादीको सचिवालयले जनाएको छ ।

जवाफमा मन्त्री वादीले यादवका माग तथा सरोकारप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिने विश्वास दिलाएकी थिइन् ।

उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुन बमोजिम विषयलाई उचित ढंगबाट अघि बढाउन मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। 

भेटवार्ताका क्रममा यादवको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण, आवश्यक स्वास्थ्य उपचार तथा रोजगारी एवं जीविकोपार्जनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो । साथै, उनले उठाएका अन्य विषयहरू सम्बन्धित निकायमा आवश्यक पहल तथा कारबाहीका लागि पठाउने र अदालतमा विचाराधीन विषयहरू प्रचलित कानुन बमोजिम न्यायिक प्रक्रियाबाट निरूपण हुने विषयमा विचार विमर्श भएको थियो । 

मन्त्री वादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार सदैव संवेदनशील रहेको उल्लेख गर्दै पीडित मैत्री सेवा प्रवाह, न्यायमा सहज पहुँच तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताइन् । उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

0 Comments