काठमाडौँ । सरकारले विशेष अदालत र श्रम अदालतको नेतृत्वका लागि नयाँ अध्यक्ष नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई न्यायाधीशलाई सम्बन्धित अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरिएको छ।
त्यस्तै, उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष नियुक्त गरिएको छ।







