६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तथा जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कालिकोटको पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७५-७६ मा सञ्चालन गरिएको ‘बेलकेढुंगा-लेखनवाडा वडा कार्यालय-दुर्सी पागोटी’ सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी भएको देखाई सरकारी रकम हिनामिना गरिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगको दाबी छ ।

मुद्दा दायर गरिएका कर्मचारी तथा जनप्रतिनिधिमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, तत्कालीन लेखा अधिकृत खिमलाल पुन, तत्कालीन सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, तत्कालीन सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, तत्कालीन गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने तथा वडा नं. ९ का तत्कालीन अध्यक्ष टक्कबहादुर बम रहेका छन्।

यसै प्रकरणमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षणा बम र सचिव कमलबहादुर बमलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार उक्त सडक योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। १,२०० घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको तथा त्यसका आधारमा उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

तर आयोगको प्राविधिक टोलीले गरेको स्थलगत नाप जाँचमा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको छ। प्रतिवेदनमा उल्लेख गरिएकोभन्दा २६०.५० घनमिटर कम काम गरी झुटा बिल तथा भरपाईका आधारमा ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले प्रतिवादीहरूबाट उक्त रकम बराबरको बिगो असुलउपर गर्न तथा प्रचलित कानुनबमोजिम कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।

0 Comments