७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वएसएसपी साहको जग्गा पुनः धितो राखी करोडौँ ऋण लिएको आरोप, तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफू जग्गा ठगीको घटनामा परेको दाबी गरेका छन् ।

धितोमा राखिएको आफ्नो जग्गा जानकारीबिनै पुनः धितो राखेर अर्कै व्यक्तिले चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले बताएका हुन् ।

धनुषाको विदेह नगरपालिका-८ स्थायी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-२ मा बस्दै आएका साहले घटनाबारे जानकारी गराउँदै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिने क्रममा पत्नीको नाममा रहेको विदेह नगरपालिका-६ तीनकौरियास्थित पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक राखेका थिए । तर, आफूलाई जानकारी नदिई उक्त जग्गा पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिइएको उनको दाबी छ ।

ऋणको साँवा र ब्याज तिरेर जग्गा फिर्ता गर्न पटक-पटक आग्रह गर्दा पनि विभिन्न बहाना बनाइएको भन्दै साहले ठगीसम्बन्धी जाहेरी दिएको बताएका छन् ।

उनको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगी आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह र छोरा हरेराम साह रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

0 Comments