काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित मुलखर्कमा चट्टानसहितको पहिरोमा परी भीरमा अड्किएका सिनर्जी जलविद्युत् आयोजनाका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ।
साउन ५ गते परेको अविरल वर्षाका कारण गएको पहिरोमा फसेका उनीहरूलाई नेपाली सेनाको खोज तथा उद्धार टोलीले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा साउन ६ गते उद्धार गरेको हो। उद्धारपछि चारै जनालाई सुरक्षित स्थानमा पुर्याइएको नेपाली सेनाले जनाएको छ।
सोही पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–९, मुलखर्कका करिब ७० वर्षीय वृद्ध बेपत्ता भएका छन्। नेपाली सेनासहितको टोलीले उनको खोजी कार्य जारी राखेको छ।







