८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रहरी सेवा चुनौतीपूर्ण भएपनि नागरिक सुरक्षाको आधार हो’ : मदनकृष्ण श्रेष्ठ

अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् । 

शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका र सडक अनुशासनका विविध पक्षमा आफ्नो धारणा राखेका हुन् ।

 प्रहरीको कार्यप्रकृतिबारे चर्चा गर्दै श्रेष्ठले यसलाई निकै ‘अपजसी’ र कठिन जागिरको रूपमा चित्रण गरे। आफ्नो देशको प्रहरीको उपस्थितिले मात्रै नागरिकले सुरक्षित महसुस गर्ने उनको तर्क छ । वि.सं. २०३२ सालमा भारतको लखनऊ भ्रमण गर्दा स्थानीयबाट ठगिनुपरेको व्यक्तिगत अनुभव सुनाउँदै उनले पराई मुलुकमा सुरक्षाको प्रत्याभुति पाउन कठिन हुने तर स्वदेशमा प्रहरी भएकै कारण नागरिक ढुक्कसँग बस्न सकेको उल्लेख गरे। 

सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा बोल्दै श्रेष्ठले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको चालक संस्कार आवश्यक रहेको औँल्याए । विदेशमा चालकहरूले अरूलाई प्राथमिकता दिने (पहिले तिमी) संस्कार रहेको उल्लेख गर्दै उनले नेपालमा पनि लेन अनुशासन, गतिको पालना र लाइटको सही प्रयोगबारे थप शिक्षा दिनुपर्नेमा जोड दिए । 

प्रहरीले चालेका सकारात्मक कदमहरूलाई जनताले पूर्ण रूपमा साथ दिएको उनको ठम्याइ छ । श्रेष्ठले भने, ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण र अपजसी हुन्छ । बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि प्रहरी सबैको मित्र भन्ने भावनासहित मुस्कुराएर सेवा पनि गर्नुपर्छ । यो साँच्चै कठिन जिम्मेवारी हो । प्रहरी भएकै कारण हामी आफ्नै देशमा सुरक्षित महसुस गर्छौं । विदेश जाँदा ठगी र विभिन्न समस्याको सामना गर्नुपर्छ । 

मलाई सम्झना छ, धेरै वर्षअघि लखनउ जाँदा रिक्सा चालकदेखि पसलसम्म धेरै ठाउँमा ठगिएको अनुभव भएको थियो । त्यसले आफ्नै देशमा प्रहरीको उपस्थितिको महत्त्व अझ महत्त्वपूर्ण छ, भन्ने संस्कार विकास गर्न आवश्यक छ । 

विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्राय: आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ । यस्तो ट्राफिक संस्कारुस गरायो । ट्राफिक व्यवस्थापनका सन्दर्भमा पहिले तिमी भन्ने संस्कार विकास गर्न आवश्यक छ । विदेशमा सवारी चालकले बत्ती बालेर अर्को सवारीलाई पहिले जान संकेत गर्छन्, तर हाम्रोमा प्राय: आफू पहिले जान खोज्ने प्रवृत्ति देखिन्छ ।

 यस्तो ट्राफिक संस्कार बिस्तारै सिकाउँदै लैजानुपर्छ । सही लेनको प्रयोग, गतिअनुसार सवारी चलाउने नियम र ट्राफिक अनुशासनबारे पनि निरन्तर जनचेतना आवश्यक छ । प्रहरीले प्रभावकारी रूपमा सम्झाउँदा धेरै नागरिकले नियम पालना गरेका उदाहरण छन्, जस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्ति घटेको छ । त्यसैले ट्राफिक सुधारका लागि प्रहरीसँगै नागरिकको सचेतना र सहकार्य पनि उत्तिकै आवश्यक छ ।’

यस्ता सुधारका कार्यहरूमा जनचेतना फैलाउन कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले आगामी दिनमा पनि चेतनामूलक कार्यहरूमा आफ्नो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

0 Comments