८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस-एमालेलाई ‘प्रचण्ड’ले भने : ‘हामीलाई सरकार चाहिएको छैन, चलाइराख्नुस्’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् । 

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले बजेट निर्माणको क्रममा प्रदेश सरकारहरूमा काँग्रेस र एमालेबीच रडाको मच्चिएको कारण नेकपामाथि बाध्यता आइलागेको बताए । उनले २०८४ सालको प्रदेश र स्थानीय तहको निर्वाचनपछि मात्रै नेकपा सरकार बनाउनेबारे सोच्ने भन्दे काँग्रेस-एमालेलाई सरकार सञ्चालन गरिरहन आग्रह गरे । 

उनले विगतमा अन्यदलहरुसँग सहकार्य गर्दैमा वर्षौँ बितेको र नागरिक पनि त्यसै कुरामा भ्रमित भएको टिप्पणी गरे । उनले साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा नेकपाको प्राथमिकतामा रहेको टिप्पणी गरे ।

उनले भने, ‘हामीले कहिले काँग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेशीसँग भन्दाभन्दै हाम्रा दिनहरू त्यसैमा बिते । जनता भ्रमित पनि त्यसैमा भए । त्यसकारण अहिले हाम्रो लागि सरकार मुख्य कुरा होइन । हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो । त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन । अहिले हामीलाई एउटा झमेला आइलागेको छ । यो प्रदेश सरकारको झमेला । हामीले सुरुदेखि नै काँग्रेस र उमालेको सरकार सबै प्रदेशमा छ, तपाईँहरू चलाइराख्नुस् हामीलाई चाहिएन भन्दाभन्दै यो बजेटको बेलामा काँग्रेस र एमालेको बीचमा यस्तो रडाको पर्‍यो कि बजेट पास गर्नै नसक्ने स्थिति आएपछि हामीमाथि बाध्यता आयो । हामीले पनि फेरी प्रदेश बरबादै हुन त दिनु हुँदैन भनेर ध्यान दिनुपर्ने अवस्था आइलाग्यो । म फेरी पनि भन्न चाहन्छ, हामीलाई अहिले सरकार चाहिएको छैन । नेपाली कम्युनिष्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन । राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो । हामीलाई सरकार चाहिएको छैन ।’

उनले सरकारमा भएपछि मात्रे वामपन्थी सहकार्य हुने कुरामा आफू सहमत नभएको उनको भनाइ छ । यद्धपी प्रदेश, संविधान र राजनीतिमा नै गाँठो पर्‍यो भने गाँठो फुकाउने कुरामा सहयोग गर्न नेकपा तयार रहेको उनको भनाइ छ ।

0 Comments