८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको आर्थिक गतिविधिलाई गति दिन निजी क्षेत्र व्यापक लगानीका लागि तयार 

अ+ अ-

काठमाडौँ । निर्यात व्यवसायी महासंघले मुलुकको आर्थिक गतिविधिलाई गति दिन निजी क्षेत्र व्यापक लगानीका लागि तयार रहेको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले वर्तमान आर्थिक अवस्थालाई लगानी विस्तारका लागि उपयुक्त अवसरका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले उत्पादन र उद्योग विस्तारमा सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन्।

उनका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध रहेकाले उद्योग-व्यवसायमा लगानी बढाउने वातावरण बनेको छ। यस्तो अवस्थामा लगानी विस्तारले रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा सरकारी राजस्वमा सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।

सरावगीले प्रधानमन्त्रीसँगको छलफलमा सरकारले लक्ष्य लिएको ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको विषय उठाइएको जानकारी दिए। सो लक्ष्य पूरा गर्न व्यवसायी समुदायले आवश्यक लगानीका लागि तयारी गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्यालयको पछिल्लो कार्यशैलीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै उनले विगतमा समन्वय र निर्णय कार्यान्वयनमा देखिएका जटिलता अहिले क्रमशः हट्दै गएको उल्लेख गरे। उनका अनुसार अहिले प्रधानमन्त्रीले व्यवसायीका धारणा प्रत्यक्ष सुन्ने, आवश्यक जिज्ञासा राख्ने तथा समस्या समाधानका लागि शीघ्र पहल गर्ने अभ्यास थालेका छन्।

महासंघले प्रधानमन्त्रीबाट निजी क्षेत्रका समस्या समाधानप्रति देखिएको सक्रियता र चासोले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको जनाएको छ। यसले लगानी विस्तारप्रति उद्यमीहरूको आत्मविश्वास बढाएको महासंघको भनाइ छ।

सरावगीका अनुसार कृषि तथा निर्यातमुखी क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत र व्यावहारिक समस्याबारे सरकारसँग छलफल गरिएको छ। आगामी चरणमा हालसम्म छलफलको दायरामा नसमेटिएका निर्यातजन्य क्षेत्रका विषयहरू पनि समावेश गर्दै सरकारसँग संवादलाई निरन्तरता दिइने उनले बताए। महासंघले सरकारको वर्तमान कार्यशैलीले आर्थिक सुधार र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरेको छ।

0 Comments