९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा मनसुनी वर्षाको प्रकोप: बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु

अ+ अ-

भारत । विगत केही दिनदेखि दक्षिण–पश्चिमी मनसुन सक्रिय भएसँगै भारतका विभिन्न राज्यहरूमा अविरल वर्षाका कारण बाढी र डुबानको समस्या उत्पन्न भएको छ ।

 मुलुकको पूर्वदेखि पश्चिमसम्मका धेरै क्षेत्रहरू वर्षाको चपेटामा परेका छन् । आधिकारिक तथ्यांकअनुसार आसाममा बाढीका कारण बिहीबारसम्म ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

 त्यहाँका ११ जिल्लाका करिब ६ लाख मानिस बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । भारी वर्षा र बाढीले ठूलो संख्यामा सर्वसाधारणलाई घरबारविहीन बनाएको छ । मनसुन तिब्र भएसँगै आसामका साथै विशेषगरी गुजरात र महाराष्ट्रमा पनि बाढीको जोखिम बढेको छ । 

सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा महाराष्ट्रका सहरी क्षेत्रहरू जलमग्न भएको देखिएको छ, जहाँ सवारी साधनहरू डुबानमा परेका छन् । साथै, सडक तथा पुल जस्ता भौतिक पूर्वाधारहरूमा पनि पूर्ण वा आंशिक रूपमा क्षति पुगेको छ ।

 विभिन्न नदीहरूमा जलस्तर बढेर गाउँ तथा सहरका आवासीय क्षेत्रमा पानी पसेपछि जनजीवन कष्टकर बनेको छ। बाढीका कारण कृषि बाली र चौपायामा समेत व्यापक क्षति पुगेको छ ।

0 Comments