९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् । 

कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।

कोशी प्रदेशका भोजपुर, इलाम र खोटाङमा सडक अवरोध देखिएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुरको जोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। त्यस्तै, मेची राजमार्गको इलाम (राजदुवाली खण्ड) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जहाँ वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। खोटाङको माम्खामा गएको पहिरोका कारण मध्य पहाडी लोक मार्गमा पनि सवारी साधन एकतर्फी मात्र चलिरहेका छन्।

बागमती प्रदेशका प्रमुख सडकहरूमा बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र परिस्थितिको विचार गरी सवारी चल्न दिइनेछ।

कान्ति लोकपथको हेटौँडा-ठिङ्गन-ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ।

अरनिको राजमार्ग  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी दुवै स्थानमा पहिरो गएका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवा उत्तरगयाको खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीको बाढीले कटान गर्दा सडक अवरुद्ध भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडकखण्डमा माथिबाट ढुंगासहितको पहिरो आइरहेकाले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।

0 Comments