१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक कमजोरी र अतिक्रमणले बढायो माइतीघरमा डुबानको जोखिम

अ+ अ-

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबानको प्रमुख कारण ढल निकास प्रणालीमा रहेका प्राविधिक कमजोरी, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जल शोषण क्षेत्रको क्षयीकरण रहेको निष्कर्षसहित प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ।

बर्खाका बेला माइतीघर क्षेत्र पटक-पटक जलमग्न हुन थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सम्बन्धित सरकारी निकाय, विकास साझेदार तथा सेवा व्यवस्थापनसँग आबद्ध प्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका थिए। त्यसपछि कार्यवाहक प्रमुख डंगोलले प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न संयुक्त टोलीलाई निर्देशन दिएकी थिइन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित टोलीले उक्त अध्ययन प्रतिवेदन तयार गरेको हो। समितिमा काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन रेग्मी, सडक विभागका इन्जिनियर पुरुषोत्तम भण्डारी तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य रहेका थिए।

प्रतिवेदनमा माइतीघरको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ समस्या रहेको उल्लेख गरिएको छ। अध्ययनअनुसार माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको पाइप प्रयोग गरिएको भए पनि तल्लो भागमा पुग्दा त्यसको आकार ६० सेन्टिमिटरमा सीमित गरिएको छ। यसका कारण माथिबाट आउने पानीको बहाव साँघुरो संरचनाले धान्न नसक्दा ‘बोटलनेक’ अवस्था सिर्जना हुने र पानी सडकमा जम्ने गरेको प्रतिवेदनले औँल्याएको छ।

त्यसैगरी टुकुचा खोलामा पानीको सतह बढ्दा ढलमार्फत बाहिरिनुपर्ने पानी उल्टै सडक र बस्तीमा फर्किने अवस्थाले पनि डुबानलाई थप गम्भीर बनाएको अध्ययनले देखाएको छ।

प्रतिवेदनले सहरी विकास र वातावरणीय व्यवस्थापनका कमजोरीलाई पनि समस्याको महत्वपूर्ण कारणका रूपमा औँल्याएको छ। विगतमा वर्षाको पानी जमिनमा सोसिने खुला क्षेत्रहरूमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका संरचना निर्माण भएपछि प्राकृतिक जल पुनर्भरण प्रणाली कमजोर बनेको र सतही बहाव बढेको निष्कर्ष निकालिएको छ।

अध्ययनले ढल संरचनामाथि सरकारी तथा निजी भवन निर्माण गरिएकाले नियमित मर्मत र सरसफाइमा कठिनाइ भएको उल्लेख गरेको छ। ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल, ढुंगा र गिट्टी थुप्रिँदा पानीको निकास थप अवरुद्ध हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

समस्याको समाधानका लागि प्रतिवेदनले तत्काल र दीर्घकालीन दुवै प्रकृतिका उपाय सुझाएको छ। तत्कालका लागि ढल निकासमा रहेका अवरोध हटाउने, म्यानहोलको उचाइ व्यवस्थापन गर्ने तथा नियमित सरसफाइलाई प्राथमिकता दिन सिफारिस गरिएको छ।

दीर्घकालीन समाधान स्वरूप माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामा भूमिगत ठूलो क्षमताको वर्षा पानी संकलन ट्यांकी निर्माण, टुकुचा खोलाको निकास बिन्दुमा ‘नन रिटर्न भल्भ’ जडान, उपत्यकाको सम्पूर्ण ढल सञ्जालको जिआइएस म्यापिङ तथा माइतीघर क्षेत्रको जलाधार क्षेत्रको आधारमा ढल प्रणाली पुन: डिजाइन गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ।

साथै सडक, खानेपानी, ढल तथा विद्युत्सम्बन्धी निकायबीच समन्वित पूर्वाधार व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले औँल्याएको छ।

0 Comments