काठमाडौँ । चार दिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा सोमबार स्वदेश फर्केका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुई पक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।
प्रधान न्यायाधीश डा. शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारीसमेत लिएका थिए।






