११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवानगञ्ज घटनाको विरोधमा सर्लाहीमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

अ+ अ-

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा सोमबार सर्लाही सदरमुकाम मलंगवामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

काठमाडौँ । हिन्दु सम्राट सेना नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिन तथा घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले दोषीलाई कुनै पनि अवस्थामा उन्मुक्ति दिन नहुने, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने मागसहित नाराबाजी गरेका थिए।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका थिए। घाइतेमध्ये नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी छन्।

घटनापछि गृह मन्त्रालयले कोशी प्रदेशका प्रदेशस्तरीय सुरक्षा प्रमुख तथा सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा संयन्त्रका प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेको छ।

मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरेको छ।

घटनापछि विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी दायरामा ल्याउन र प्रभावित क्षेत्रमा शान्ति-सुरक्षा कायम गर्न सरकारमाथि दबाब बढेको छ।

देवानगञ्जको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोध प्रदर्शनमार्फत सर्लाहीसम्म समेत फैलिएको छ। 

0 Comments