१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवेशाज्ञा दस्तुरवापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व संकलन

अ+ अ-

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व संकलन गरिएको छ ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व  रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट  नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए।

उक्त  अवधिमा आठ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ । गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए । भुटानका चार हजार (९४ जना ९५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए ।

पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन् । भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो ।

0 Comments