काठमाडौँ । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका लागि निमन्त्रणा प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् ।
प्रवक्ता जैसवालले प्रधानमन्त्री शाहको भ्रमणका लागि निमन्त्रणा पठाइएको स्पष्ट पारेका छन् ।
तर उनले भ्रमणको मिति, समय वा सम्भावित कार्यतालिकाबारे भने कुनै जानकारी सार्वजनिक गरेनन् ।
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको उच्चस्तरीय संवाद तथा द्विपक्षीय सम्बन्धका विषयमा नियमित रूपमा समन्वय भइरहेको जनाउँदै आएको छ ।






