१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण, दोषी माथि कारवाही गर्ने प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सरकारले घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको जनाएको छ । घटनाको सत्यतथ्य अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी दिइएको छ ।

सरकारले घटनाबाट प्रभावित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सरकारले वार्ता, संवाद र कानुनी प्रक्रियामार्फत समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा नेपाली समाजले लामो समयदेखि कायम राख्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधिमा संलग्न नहुन तथा भ्रामक सूचना फैलाएर वातावरण बिगार्ने प्रयास नगर्न सम्बन्धित सबैलाई अपिल गरिएको छ ।

सरकारले मुलुकमा शान्ति व्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, सञ्चारमाध्यम र आम नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ ।

0 Comments