काठमाडौँ । जिल्ला झापा, झापा गाउँपालिका-३ कत्लामारी स्थित ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार राति करिब ९:४० बजे झापा गाउँपालिका–३ कत्लामारीमा प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ एबि ५८५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा देश भारत, किशनगञ्ज धनतोला मोहमारी बस्ने अंन्दाजी २२ वर्षीय एमडी फारुकको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्राम फेला फेला परेको हो । उनलाई लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।






