१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा ३५ किलो चरेससहित एक व्यक्ति पक्राउ

अ+ अ-

काठमाडौँ । दाङ प्रहरीले ३५ किलोग्राम लागुऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ।

अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका-१ जुरौनीस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसको पछिल्लो सिटमा राखिएका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।

जाँचका क्रममा सोही स्थानमा रहेका एक जना पुरुष भागेको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न सकेको छैन। घटनापछि उक्त झोला र सुटकेस आफ्नो भएको दाबी गर्ने रुकुम पूर्वको भूमे गाउँपालिका-२ का करिब २६ वर्षीय हिक्मत पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद लागु औषधसहित पुनलाई नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार भएका व्यक्तिको खोजी तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान अघि बढाएको छ।

0 Comments