काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को छैटौँ संशोधन नियमावली-२०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सम्बन्धी छैटौँ संशोधन नियमावली-२०८३ लाई स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन्।
सरकारको निर्णयसँगै परिषद्को संरचना, कार्यसम्पादन तथा प्राविधिक एवं व्यावसायिक शिक्षा व्यवस्थापनसँग सम्बन्धित विद्यमान व्यवस्थामा आवश्यक संशोधन कार्यान्वयनको बाटो खुलेको छ।






