१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता

अ+ अ-

भद्रपुर (झापा) । झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन् । 

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी कुल २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका हुन् । नागरिकता लिने र राहदानी बनाउनेको सङ्ख्या लगभग बराबरी हुनुले जिल्लामा युवा वर्गको वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने आकर्षण कायमै रहेको देखाउँछ ।

गत आवमा जिल्ला प्रशासनबाट ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन् । बाबुको पहिचान हुन नसकेका उनीहरूलाई कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र संकलन तथा कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाइरहेका बेला जिल्लामा एक वर्षका अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण संकलन गरिएको छ । सोही अवधिमा ९८ हजार छ सय ८९ थान राष्ट्रिय परिचयपत्र कार्ड सर्वसाधारणलाई वितरण गरिएको छ ।

सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले राजस्व संकलनमा पनि उल्लेख्य योगदान पुर्‍याएको छ । आव २०८२/८३ मा राहदानी शुल्कतर्फ रु १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कतर्फ रु ६० लाख ४४ हजार ६० गरी कूल रु १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व संकलन भएको छ ।

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता देखिएको छ । समीक्षा अवधिमा मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी चार सय ७९ वटा निवेदन फर्छ्योट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताए। सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएकाले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण थप प्रभावकारी बनेको उनले जानकारी दिए । 

0 Comments