१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघद्वारा कंगोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह

अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघ दुई जना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अगाडी बढाउन आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउटले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कंगोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरूसँग भर्चुअल साक्षात्कार गर्दै यस्तो अपिल गरेको जनाइएको छ ।

इबोला सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा कंगोमा ५० जनाको मृत्यु भएको जनाइएको छ भने नयाँ सङ्क्रमणहरुको सङ्ख्या द्रुत रूपमा बढिरहेको र प्रत्येक २० दिनमा दोब्बर हुँदै गइरहेको जनाइएको छ । यो वृद्धि रोगको नियन्त्रण प्रक्रियामा भएको वृद्धि भन्दा धेरै छिटो र उच्च स्तरको वृद्धि भएको जनाइएको छ । सङ्क्रमणको उच्च वृद्धिले महामारी नियन्त्रण प्रतिक्रिया बिचको अन्तर फराकिलो हुँदै गइरहेको उल्लेख गरेका छन् ।

स्काउटले डीआरसीमा इबोला प्रकोप अहिले सम्मकै सबै भन्दा तीव्र गतिमा बढिरहेको इबोला संकट भएको समेत उल्लेख गरेको छ । तुलनात्मक रूपमा हेर्दा विगत दुई महिनामा कंगोमा एक हजार जनाको मृत्यु भएको छ भने पश्चिम अफ्रिकामा यस अघि इबोला प्रकोप फैलिदा आठ महिनामा एक हजार मानिसहरूको मृत्यु भएको थियो ।

पूर्वी कंगोमा लामो समय देखि चलिरहेको द्वन्द्वले लगभग एक करोड मानिसहरूलाई संकट वा खाद्य असुरक्षाको आपत्कालीन स्तरमा धकेलेको जनाइएको छ । इटुरी–इबोला प्रकोपको केन्द्रबिन्दु तथा सबै भन्दा बढी प्रभावित क्षेत्र हो जहाँ लगभग दुई लाख मानिसहरूलाई खाद्यान्न सहयोग तत्काल आवश्यक रहेको स्काउटले बताएको छ ।

थप कोष, आपूर्ति, चिकित्सा टोली र आवश्यक पर्नेहरू सम्म पुग्न पहुँचका साथ प्रतिक्रिया तुरुन्तै बढाउनु पर्ने हार्नेसले बताएका छन् । उनले राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई आफ्नो सिमानाहरू खुला राख्न आह्वान गर्दै यसो गर्नाले इबोला प्रतिक्रिया नियन्त्रणका लागि विज्ञ व्यक्तिहरू कङ्गोमा यात्रा गर्न सक्ने र आपूर्ति छिटो र स्वतन्त्र रूपमा गर्न सक्षमता बढ्ने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले कोषको तत्काल आवश्यकतालाई पनि प्रकाश पारे ।

कंगोका लागि संयुक्त राष्ट्र मानवीय प्रतिक्रिया योजना अन्तरगत दुई अरब दश करोड अमेरिकी डलर चाहिने जनाइएको छ भने प्रकोप नियन्त्रणका लागि स्काउटले डब्लूएफपीलाई सात करोड ६० लाख अमेरिकी डलर चाहिने जनाइएको छ ।

0 Comments