१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान भूकम्प अपडेट: २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

अ+ अ-

जापान । जापानका आपत्कालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिंग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ ।

गत मंगलबार गएको भूकम्प पछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताए पछि सरकारले नयाँ तथ्यांक जारी गरेको हो ।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र तिनीहरू मध्ये चार जनाको मृत्यु भएको उनीहरूले पुष्टि गरेका छन् । उद्धार गरिएको पाँच जनालाई चोट लागेको दक्षिण पश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

जापानमा गएको ७.१-म्याग्निच्युडको भूकम्पले आवासीय घरहरू क्षतिग्रस्त भएको पुलहरूलाई क्षति पुर्‍याउनुका साथै दसौँ हजार बासिन्दाहरू बिजुली र पानीको सुविदाबाट वञ्चित भएको जनाइएको छ ।

भूकम्प पछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेट पछि ठुलो विस्फोट हुँदा अज्ञात सङ्ख्यामा कर्मचारीहरू अझै पनि भित्र रहेको आशंका गरिएको छ ।

यात्सुशिरो सहरको निप्पोन पेपर कारखानामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको र अन्य चार जना बेपत्ता रहेको सरकारी अधिकारीलाई उदृत गर्दै बुधबार एएफपीले बताएको छ ।
युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ६.८ मापन गरिएको छ ।

प्रशान्त “रिंग अफ फायर“ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा अवस्थित जापान विश्वको सबै भन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो ।

कुमामोटो सन् २०१६ मा दुई वटा विनाशकारी भूकम्पले प्रभावित भएको थियो, जसमा २७३ जनाको मृत्यु भएको थियो भने हजार ८०० भन्दा बढी घाइते भएका थिए ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको भूकम्प आउँदा १८ हजार ५ सय मानिसको ज्यान गएको थियो भने फुकुसीमा आणविक संयन्त्र ध्वस्त भएको थियो ।

0 Comments