१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषध कारोबारका फरार अभियुक्त सप्तरीबाट पक्राउ

अ+ अ-

काठमाडौँ । लागु औषध कारोबारमा संलग्न रही फरार रहेका एक अभियुक्तलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। ब्युरोका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ का ३४ वर्षीय कृष्णा यादवलाई सप्तरी राजगढ गाउँपालिका-२ बाट पक्राउ गरिएको हो।

ब्युरोले सार्वजनिक गरेको विवरणअनुसार यादवले लागु औषध कारोबारका लागि आफ्नी दोस्रो श्रीमतीलाई समेत प्रयोग गर्दै आएका थिए। श्रीमतीलाई काठमाडौँमा कोठा खोजेर राख्नुका साथै लोकसेवा तयारीका लागि कक्षामा भर्ना गराई सप्तरीबाट काठमाडौँ पठाइएको लागु औषध बुझ्न लगाउने र डेरा कोठामा राखी बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।

यसअघि यादवकी श्रीमती सबिना अधिकारीलाई २०८२ असार १२ गते काठमाडौँमा १११ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा यादवलाई समेत पक्राउ गरिएको भए पनि उनी जेन जेड आन्दोलनका क्रममा हिरासतबाट फरार भएको ब्युरोले जनाएको छ।

फरार भएपछि यादव भारतको लौकी क्षेत्रमा बस्दै आएको र पुनः काठमाडौँमा लागु औषध पठाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोको भनाइ छ। उनले आलु र प्याजको बोराभित्र लुकाएर लागु औषध पठाउने गरेको तथा २०८३ असार २७ गते ३०० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानका क्रममा उक्त लागु औषध यादवले पठाएको खुलेको जनाइएको छ।

ब्युरोका अनुसार यादवविरुद्ध लागु औषध खैरो हेरोइनसम्बन्धी दुई वटा मुद्दामा अनुसन्धान भइरहेको छ। एउटा घटनामा १११ ग्राम २४० मिलिग्राम र अर्को घटनामा ३०० ग्राम खैरो हेरोइनसँग सम्बन्धित विवरण फेला परेको छ।

यादवकी श्रीमती सबिना अधिकारी पनि यसअघि फरार रहेको अवस्थामा लागु औषध खैरो हेरोइनसहित पक्राउ परी अदालतको आदेशअनुसार पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुनधारामा पठाइएको ब्युरोले जनाएको छ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

0 Comments