सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको निजी सचिवका रूपमा कृषि अधिकृत मुकुन्द शर्मालाई नियुक्त गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत कृषि अधिकृत शर्मालाई साबिककै कार्यालयबाट तलब-भत्ता बुझ्ने गरी मुख्यमन्त्रीको सचिवालयमा निजी सचिवका रूपमा कामकाज गर्न काजमा खटाएको हो।







