१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोलबजार घटनाको निष्पक्ष अध्ययनका लागि प्रहरीद्वारा छानबिन समिति गठन

अ+ अ-

काठमाडौँ । सिरहाको गोलबजारमा भएको तनावपूर्ण घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहित समग्र पक्षको अध्ययन गर्न समिति बनाइएको हो ।

प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको जनाएको छ । समितिका सदस्यमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र सहायक प्रहरी निरीक्षक गोविन्द झा रहेका छन् ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार समितिलाई घटनाको वस्तुस्थिति पहिचान गर्ने, विवाद उत्पन्न हुनुका कारण अध्ययन गर्ने र घटनाक्रमसँग सम्बन्धित तथ्य संकलन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।

गोलबजारमा दुई समुदायबीच भएको विवादले तनावको अवस्था सिर्जना भएपछि प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा गोली चलेको घटनाबारे विभिन्न प्रश्न उठेपछि त्यसको यथार्थ विवरण संकलन गर्न छानबिन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै सम्बन्धित व्यक्ति तथा पक्षहरूसँग आवश्यक छलफल गर्नेछ । साथै, उपलब्ध प्रमाण र सूचनाको विश्लेषण गरी घटनाको वस्तुगत निष्कर्षसहित प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाउनेछ ।

प्रहरीले घटनाको तथ्यमा आधारित मूल्यांकनका आधारमा आगामी कदम तय गरिने जनाएको छ ।

0 Comments