विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।






