१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशका नेताहरूको प्रधानमन्त्रीलाई आग्रह : भएका सहमति कार्यान्वयनमा गम्भीर बन्नुस्

अ+ अ-

काठमाडौँ । मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री बालेन शाहसँग हालै भएका सहमति र समझदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटवार्ताका क्रममा मधेश क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिएका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले विगतका सरकारहरूले जस्तो सहमति गरेर पछि बेवास्ता गर्ने अवस्था आउन नहुने भन्दै यसपटक भएका सम्झौताप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।

उनले मधेशमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई नियन्त्रण गर्न राज्यले सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने बताए । सामाजिक अशान्तिको अवस्था अन्त्य गर्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ थियो ।

महतोले ढिलै भए पनि प्रधानमन्त्रीले देशका नाममा सम्बोधन गरेको विषय सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता कदम यसअघि नै चालिएको भए पछिल्लो अवस्था फरक हुन सक्ने धारणा व्यक्त गरे ।

मधेशको अवस्था सामान्य बनाउन सरकार, राजनीतिक दल र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको भन्दै उनले समस्या समाधानका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताए ।

0 Comments