१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छ’ : शिक्षामन्त्री पोखरेल

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुकुम्वासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको बताएका छन्। 

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पारेका हुन् । 

मन्त्री पोखरेलका अनुसार सुकुम्वासी व्यवस्थापनका क्रममा विद्यालय भत्काइएपछि प्रभावित विद्यार्थीलाई तत्कालै अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ । 

बालाजु माछापोखरीस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा र बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई पकनाजोलस्थित नेपाली युवक माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको उनले बताए । 

यसैगरी, कीर्तिपुरस्थित राधा स्वामी सत्संग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याप्सन काठमाडौँ महानगरको समन्वयमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलले जानकारी दिए । 

होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूको समस्या सम्बोधन गर्दै मन्त्रीले भक्तपुरको खरीपाटीमा २४ जना, बोडेमा १७ जना र इचुङ्गु सेन्टरमा १८ जना गरी जम्मा ५९ जना प्रभावित बालबालिकाको अनुगमन गरी तत्काल समस्या समाधान गरिएको उल्लेख गरे । 

विद्यालय टाढा भएको गुनासो आएपछि मन्त्रालयले भोलिपल्टैदेखि दुवै होल्डिङ सेन्टरमा बसको व्यवस्था मिलाएको र विद्यार्थीहरूलाई विद्यालय पुर्‍याउने र ल्याउने प्रबन्ध गरिएको उनको भनाइ छ । 

बाढी र वर्षाका कारण शैक्षिक सामग्री नष्ट भएका विद्यार्थीहरूलाई मन्त्रालयले तत्कालै सहयोग उपलब्ध गराएको छ । झोला, कापी, किताब, स्टेसनरी सामग्री, विद्यालय पोसाक र खानेपानीका बोतललगायतका सामग्रीहरू भोलिपल्टै वितरण गरिएको उहाँले सदनलाई जानकारी दिए । 

मन्त्री पोखरेलले भने, ‘शिक्षासम्बन्धी विषयमा, वैशाख १२ गतेको घटनाबाट प्रभावित बालबालिकाको पठनपाठन निरन्तर हुने व्यवस्था तत्काल मिलाइएको थियो । बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालय र बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाली युवक माध्यमिक विद्यालयमा स्थानान्तरण गरी अध्ययनको व्यवस्था गरिएको थियो । भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा रहेका ५९ जना विद्यार्थीको अवस्थाको मन्त्रालयले स्थलगत अनुगमन गरेको थियो। विद्यार्थीहरूको गुनासोअनुसार भोलिपल्टदेखि नै विद्यालय आउजाउका लागि बस सेवा सञ्चालन गरियो। आवश्यक परे नजिकको विद्यालयमा स्थानान्तरण गर्न शिक्षा मन्त्रालयको सम्पर्क व्यक्ति र समन्वय व्यवस्था पनि मिलाइयो । बाढीबाट क्षति भएका झोला, कापी, किताब, पोसाक तथा अन्य शैक्षिक सामग्री तत्काल उपलब्ध गराइएको थियो । साथै, विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राख्दै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टनलगायत खेलकुद सामग्री पनि वितरण गरिएको थियो । मन्त्रालय प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र आवश्यक सहयोगका लागि निरन्तर प्रतिबद्ध रहेको जानकारी गराउँदै आफ्नो मन्तव्य समाप्त गर्दछु ।’

विद्यार्थीको अतिरिक्त क्रियाकलाप र खेलकुदप्रतिको रुचिलाई ध्यानमा राख्दै क्रिकेट ब्याट, फुटबल, भलिबल र ब्याडमिन्टनलगायतका खेलकुद सामग्रीसमेत प्रदान गरिएको उनले बताए । विद्यार्थीको पठनपाठनमा कुनै अवरोध हुन नदिन सरकार प्रतिबद्ध रहेको र आवश्यक परे थप सहयोग उपलब्ध गराउने मन्त्री पोखरेलले विश्वास व्यक्त गरे । 

0 Comments