काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय सुर्खेतले ब्राउन हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५, कालिका टोलका ३० वर्षीय प्रकाश कँडेललाई १० ग्राम ६५० मिलिग्राम ब्राउन हेरोइनसहित नियन्त्रणमा लिइएको हो।
ब्युरोले पक्राउ परेका कँडेललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको जनाएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट १० ग्राम ६५० मिलिग्राम ब्राउन हेरोइनका साथै एक थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।






