काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि सिफारिस भएका तर तोकिएको अवधिभित्र नियुक्ति पत्र नबुझेका तथा नियुक्ति पत्र लिइसकेर पनि हाजिर नभएका उम्मेदवारलाई सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ अनुसार तोकिएको समयभित्र नियुक्ति पत्र लिन नआएका उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नियुक्ति पत्र बुझ्न आउन तथा नियुक्ति पत्र लिइसकेका कर्मचारीलाई हाजिर हुन सूचित गरेको हो।
सूचनाअनुसार प्राविधिक सेवा, इलेक्ट्रिकल समूह/उपसमूह, तह-५ (सुपरभाइजर) पदका विभिन्न विज्ञापनअन्तर्गत सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गरिएको छ।
हेर्नुहोस् नामावली :








