१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सडक दुर्घटना न्यूनीकरण र नागरिकको रक्षा नै ट्राफिक प्रहरीको मुख्य लक्ष्य’ : एसएसपी काफ्ले

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको प्राथमिक उद्देश्य सडकमा नागरिकको अकाल मृत्यु रोक्नु र दुर्घटना न्यूनीकरण गर्नु रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा बागमती प्रदेश समितिद्वारा आयोजित सम्मान, पदस्थापन तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एसएसपी काफ्लेले मुलुकको मौजुदा ट्राफिक अवस्था र दुर्घटनाको तथ्यांक प्रस्तुत गर्दै सडक सुरक्षामा सबैको गम्भीरता आवश्यक रहेकोमा जोड दिए । उनकाअनुसार हाल नेपालभर करिव ६७ लाख सवारी साधन दर्ता भएका छन् । जसमध्ये वार्षिक करिव ६३ लाख सवारी सञ्चालनमा रहेका छन् । काठमाडौँ उपत्यकामा मात्रै दैनिक २० लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको तथ्यांक छ । उनले विगत १० वर्षमा ३० देखि ३२ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको उल्लेख गर्दै यो मृत्युदरलाई शून्यमा झार्नु नै ट्राफिक प्रहरीको मुख्य प्राथमिकता रहेको स्पष्ट पारे ।

उनले भने, ‘देशभर दैनिक औसत ५० भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् । यी दुर्घटनामा परी दैनिक ८ जनाले ज्यान गुमाउँछन्, जसमध्ये काठमाडौँमा मात्रै ५ जनाको मृत्यु हुने गरेको छ । यस्तै, दैनिक ५० जनाभन्दा बढी व्यक्ति गम्भीर प्रकृतिको अङ्गभङ्ग भई घाइते हुने गरेका छन् । मैले प्रहरी सेवामा २५ वर्ष बिताउँदा अहिलेसम्म जरिवाना उठाउने कुनै लक्ष्य दिइएको जानकारी छैन । हामी त्यो दिन खुसी हुनेछौँ, जुन दिन एक जना चालकलाई पनि कारबाही गर्नु पर्दैन र सडकमा कसैले पनि अनाहकमा ज्यान गुमाउनु पर्दैन । ट्राफिक एफएमको वार्षिकोत्सवका अवसरमा ३० वर्षसम्म कुनै पनि कारबाहीमा नपरेको चालक खोज्दा कोही भेटिएनन्, अन्ततः २० वर्षसम्म कारबाहीमा नपरेका एक जनालाई मात्र सम्मानित गर्नुपर्ने अवस्था आयो ।’

ट्राफिक प्रहरीले जरिवाना उठाउनका लागि ‘टार्गेट’ राखेर काम गर्छ भन्ने जनमानसमा रहेको भ्रमको उहाँले खण्डन गरे ।

जरिवाना राजश्व संकलनको स्थायी स्रोत नभएको स्पष्ट पार्दै एसएसपी काफ्लेले चालकहरूले सडक नियम पालना गरे जरिवानाको अवस्था नै सिर्जना नहुने बताए । उनले सवारी धनीहरूलाई सवारी साधन खरिद गर्दा र चालक नियुक्त गर्दा चालकको पृष्ठभूमि र दक्षता (भेटिङ) परीक्षण गर्न समेत आग्रह गरे । मापसे गरेर सवारी चलाउने प्रवृत्ति र सडक नियमको उल्लंघन नै दुर्घटनाको मुख्य कारण रहेको भन्दै उनले सडक अनुशासन पालना गर्न सबै सरोकारवालासँग अपिल गरे ।

0 Comments