१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका विकास आयोजना र समस्याबारे रास्वपा सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आवश्यकता, स्थानीय समस्या र समसामयिक विषयबारे ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा अघि बढाएका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसदमार्फत जनतासम्म जानकारी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

छलफलका क्रममा सांसदहरूले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था, राजनीतिक परिवेश तथा विकासका सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजना र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराए।

भेटमा गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा देखिएको छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल द्रुतमार्ग, विद्युतीकरण विस्तार, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माणका विषय उठाइएको थियो।

त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, भन्सारसम्बन्धी समस्या, आरक्षपीडितका विषय, हुलाकी सडक निर्माण, किसानका लागि धान खरिद–बिक्री व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानको समस्याबारे पनि सांसदहरूले प्रधानमन्त्रीलाई अवगत गराएका थिए।

भेटमा ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत रास्वपाका सांसदहरूको सहभागिता रहेको थियो।

0 Comments