१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई अध्यागमन कार्यालयको आग्रह : दलालको प्रलोभनमा नपर्न चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारी तथा विदेशबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई ठगी र अवैध गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।

नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले सूचना जारी गर्दै विभिन्न मुलुकमा श्रम स्वीकृति (लेबर भिसा) लिएर जाने तथा विदेशबाट फर्किने क्रममा केही व्यक्तिहरू ठगीमा पर्ने गरेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो।

कार्यालयले केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति, दलाल तथा अन्य समूहले आर्थिक प्रलोभन देखाई विदेश पठाउने, झुटा आश्वासन दिने तथा अवैध गतिविधिमा संलग्न गराउने गरेको जनाएको छ।

जारी सूचनामा अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरूले दिएको प्रलोभनमा परी बहुमूल्य धातु वा अन्य सामान बोकेर नेपाल नआउन आग्रह गरिएको छ। साथै, आफूले बोकेको सामानको वास्तविक विवरण नबुझी जिम्मा नलिन पनि यात्रुहरूलाई सचेत गराइएको छ।

अध्यागमन कार्यालयले खरिद बिक्री वा अन्य कुनै प्रयोजनका लागि दिइएका सामानको वास्तविकता नबुझी बोक्दा कानुनी समस्यामा पर्न सकिने जनाएको छ। यात्राका क्रममा आफ्नो सामान आफैँ सुरक्षित राख्न र कानुन विपरीत कार्यबाट टाढा रहन आग्रह गरिएको छ।

कार्यालयले गलत गतिविधि, अवैध कारोबार तथा शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।

“सचेत बनौँ, सुरक्षित रहौँ” भन्ने सन्देशसहित जारी सूचनामा दलालको प्रलोभनमा नपर्न, अवैध सुन ओसारपसारबाट टाढा रहन र विदेश आवतजावत गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

0 Comments