काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध घुस-रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विशेष अदालतको आदेशबाट तामाङको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हो।
तामाङलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले काठमाडौँको बालाजु सोमबार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
भुक्तानी रकमको कमिसनका विषयमा बार्गेनिङ गर्दै घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारले निगरानी बढाएको जनाएको छ। अनुसन्धानका क्रममा थप तथ्य खुल्ने आयोगले जनाएको छ।






