१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त कार्यकारी निर्देशक बरालको दाबी : ‘बजारमा हल्ला भएजस्तो ग्यास अभाव छैन, वितरण केही समस्या छ’

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गरेका हुन् ।

उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए ।

उनकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ । उनले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताए । ७.१ केजीका सिलिन्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उनको दाबी छ ।

उनले निगमले ग्यास डिपोहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिए। ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिण्डर खुद्रा विक्री शुरु गरेको उनको भनाई छ । पछिल्ला तीन दिनमा त्यहाँबाट करिव २ हजार १०० सिलिण्डर मात्रै विक्री गरिएको उहाँले जानकारी दिए। यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टि गर्ने उनको भनाई छ । यद्यपि निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिए । उनले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह गरे ।

उनले भने, ‘ग्यास आयातमा समस्या छैन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा अलिकति समस्या हो कि भन्ने हामीले महसुस गरेका छौँ । हामीले भन्सार र इण्डियन आयललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने हो भने इम्पोर्टमा समस्या छैन, आवश्यक भन्दा ५ प्रतिशत बरु बढिनै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्टको कारण केही समस्या देखियो । ७.१ केजीको सिलिण्डर विक्री गर्दा मानीहरूले डेली युजको लागि पनि त्यत्ति रुची नदेखाएर खाली सिलिण्डर होल्ड भइराखेको देखियो । अब १४.२ आएपछि फेरि सहजै ग्यास पाइन्छ भने घरमा खाली छन्, त्यो पनि भरिदिउन् न भन्ने भएको कारण अलिकति चाप बढेको देखिन्छ । हामीले बजार अनुगमनमा जाँदा व्यवसायीहरूले पनि आफ्नो डिलर मार्फत पनि विक्री वितरण गरिराख्नु भएको छ । ग्यास नै पाइएन, डिलर कहाँ गयो २ घण्टा मै ग्यास सकियो भन्छ, एउटा सिलिण्डर हुनेलाई त सारै कठिन भयो भन्ने गुनासो आएपछि हामीले डिपोहरूले पनि खुद्रा सेल्स पनि गरिराख्नु भएको छ । टेकुमा हाम्रो अफिस छ, त्यहाँबाट पनि ५-६ वटा ग्यास कम्पनीका ग्यास हामीले वितरण गरिरहेका छौँ, पछिल्लो ३ दिनमा हामीले मोटा-मोटी २१०० सिलिण्डर मात्रै विक्री भएको छ तर बजारमा जुन किसिमको सारै समस्या नै भयो भन्ने हल्ला छ, त्यसमा २१०० सिलिण्डर मात्रै बिक्री हुनु भनेको धेरै संख्या होइन । तर अब लाइन लागेर बसिदिने मिडिया कभरेजका लागी यसले चाहिँ साँच्चै नै ठुलै समस्या भो कि भन्ने पनि लाग्न सक्छ । यद्यपि त्यत्तिलाई पनि हामीले ठुलै समस्या मान्नैपर्छ किनकि हाम्रो दायित्व कन्जुमरलाई लाइनमा नबसिकन ग्यास आपूर्ति गरिदिने हो । यसमा हामी अलिकति इन्टरनल सप्लाई डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चुकेका हौँ कि जस्तो पनि लाग्छ । व्यवसायी साथीहरूलाई पनि हामीले पहिलो प्राथमिकता हाउस होल्डलाई दिनुस् र व्यवसायीलाई सेकेन्ड प्राथमिकता राख्नुस् भनेका छौँ । आपूर्ति श्रृङ्खलामा हाम्रो समस्या छैन, डिस्ट्रिब्युसनमा अलिकति समस्या हो, त्यो हामीले स्वीकार गर्नुपर्छ । हामी क्रमशः त्यसलाई सुधार गर्ने पक्षमा छौँ । हुन सक्छ अझै ८–१० दिन १५ दिन यो स्थिति रहला तर जति आवश्यक छ त्यत्ति मात्रै लिइदिऊँ होल्डिङ नगरौँ । यही टेकुमा पनि साइकलमा लिएर आउने ३-४ चोटि त्यही मान्छे आएको देखियो ।’

उनका अनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ । तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उनले जानकारी दिए। निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उनले बताए । उनले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताए ।

0 Comments