१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको परराष्ट्र मन्त्री खनालको दाबी

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा उनले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि मन्त्रालयका विभिन्न महाशाखाले काम गरिरहेको बताएका हुन् ।

परराष्ट्र मन्त्री खनालले भने, “द्विपक्षीय रणनीतिलाई बलियो बनाउने गरी काम भइरहेको छ । उक्त रणनीतिमार्फत नेपालले सम्बन्धित मुलुकबाट कसरी अधिकतम लाभ लिन सक्छ भन्ने हिसाबले काम गर्नेछौँ ।”

मन्त्रालयले सम्बन्धित मुलुकसँग निश्चित प्राथमिकताका क्षेत्र पहिचान गरी त्यसलाई केन्द्रमा राखेर रणनीतिक योजनामा काम गरिरहेको उनले बताए ।

परराष्ट्र मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन सङ्ख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाइ भइरहेको उल्लेख गरे । त्यसका लागि अभियान सञ्चालन गरेर विदेशमा रहेका नेपालीको सङ्ख्या यकिन गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्रालयमा आयोजित उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो ।

0 Comments