२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसी क्यामेरा’बाट निगरानी

अ+ अ-

झापा । सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसी क्यामेरा जडान अभियान सुरुआत गरिएको छ । विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियान थालिएको हो ।

अभियानको पहिलो चरणअन्तर्गत मंगलबार बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । विद्यालय परिसरमा चार वटा सिसी क्यामेरा जडानसँगै सुरु भएको अभियानलाई आगामी दिनमा गाउँपालिकाभित्र रहेका १६ वटै सामुदायिक विद्यालयमा विस्तार गर्ने योजना रहेको छ ।

विद्यालय बिदा भएका समयमा केही बालबालिका तथा युवाहरू विद्यालय परिसरमा जम्मा भएर अवाञ्छित गतिविधि गर्ने, विद्यालयको सम्पत्तिमा क्षति पुर्‍याउने तथा लागु औषधसँग सम्बन्धित गतिविधि देखिन थालेपछि निगरानीका लागि प्रविधिको प्रयोग गर्न थालिएको विद्यालयले जनाएको छ । “विद्यालय परिसरमा देखिएका अवाञ्छित गतिविधिको निगरानी, नियन्त्रण र सुरक्षित वातावरण निर्माणका लागि सिसी क्यामेरा जडान गरिएको हो”, प्रधानाध्यापक घनश्याम उप्रेतीले भने, “यसले विद्यालयको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छौँ ।”

यो अभियान सरकारी बजेटबाट नभई समुदायको पहलमा सुरु भएको हो । बाह्रदशी–२ निवासी तथा स्थानीय व्यवसायी एवं विद्यालयका पूर्व विद्यार्थी चान मोहम्मदको आर्थिक सहयोगमा पहिलो चरणको काम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले विद्यालय सुरक्षा समाजको भविष्यसँग जोडिएको विषय भएको बताए। उनले सिसी क्यामेराले विद्यालयमा हुने हिंसा, चोरी, लागु औषधसँग सम्बन्धित गतिविधिलगायतका जोखिम नियन्त्रणमा सहयोग पुर्‍याउने भन्दै प्रविधिको प्रयोगलाई ‘बिना बर्दीको प्रहरी’का रूपमा व्याख्या गरे । त्यस्तै, विद्यालय सुरक्षा मजबुत बनाउन समुदाय, विद्यालय र प्रहरीबीचको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।

0 Comments