काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्ग केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। उच्च शिक्षा क्षेत्रको लामो अनुभव भएका उनी अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्वमा रहनेछन्।
मन्त्रिपरिषद्को निर्णयसँगै आयोगले नयाँ नेतृत्व पाएको छ।






