२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्यांक नियमावली संशोधन, विद्यार्थीका लागि तथ्यांक शुल्क घटाइयो

अ+ अ-

काठमाडौँ। सरकारले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तथ्यांक नियमावली, २०८० संशोधन गर्ने निर्णय गरेको हो ।

संशोधित नियमावलीमा मूल नियमावलीका पाँचवटा नियम तथा अनुसूचीमा आवश्यक परिमार्जन र थपघट गरिएको छ । संशोधनपछि नियमावलीको नामसमेत परिवर्तन गरी ‘तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३’ कायम गरिएको छ ।

संशोधनमार्फत सूक्ष्म कोरा तथ्यांक तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्क संरचनामा समेत हेरफेर गरिएको छ । नयाँ व्यवस्थाअनुसार गणना शीर्षकअन्तर्गत नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीले तिर्दै आएको शुल्क चार हजार रुपैयाँबाट घटाएर दुई हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सर्वेक्षण शीर्षकअन्तर्गत विद्यार्थीका लागि लाग्ने शुल्क दुई हजार पाँच सय रुपैयाँबाट घटाएर एक हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

संशोधित व्यवस्थामा गणना क्षेत्र नक्सा शीर्षकसमेत थप गरिएको छ । उक्त शीर्षकअन्तर्गत संस्थाका लागि दुई सय रुपैयाँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि तीन सय रुपैयाँ शुल्क तोकिएको छ ।

यसैगरी, तथ्यांक संकलनका लागि जनशक्ति परिचालन गर्नुअघि आवश्यक तालिम सञ्चालनसम्बन्धी व्यवस्था थप गरिएको छ । संशोधित नियमावलीअनुसार कार्यालयले जारी गरेको तालिमसम्बन्धी निर्देशन बमोजिम सैद्धान्तिक र व्यावहारिक पक्ष समेटेर तथ्यांक संकलनमा खटिने जनशक्तिलाई तालिम दिनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले तथ्यांक संकलन, व्यवस्थापन र प्रयोग प्रक्रियालाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यसहित नियमावली संशोधन गरेको जनाएको छ ।

0 Comments