२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नीति प्रतिष्ठानमा ६ नयाँ उपसमिति गठन, तोकियो संयोजकको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ ।

प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठानअन्तर्गत गठन भएका उपसमितिको कामलाई प्रभावकारी बनाउन नयाँ संरचना थप गर्दै संयोजकको जिम्मेवारी तोकेका हुन् ।

प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ वटा उपसमिति गठन भएका छन् । ती उपसमितिहरूमार्फत पार्टीको नीति निर्माण, अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव संकलन गर्ने उद्देश्य राखिएको छ ।

नयाँ गठन भएका उपसमितिमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’लाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजक कैलाश के।सी।, यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजक प्रतीक्षा चापागाईँलाई तोकिएको छ ।

ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको नेतृत्व अनुपा श्रेष्ठले गर्नेछिन् भने सिमान्तीकृत वर्ग र समुदाय : संवाद तथा सशक्तीकरण उपसमितिको संयोजकको जिम्मेवारी नरेन्द्र पासवानलाई दिइएको छ ।

यसैगरी स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई तोकिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले गठन गरेका उपसमितिहरूले सम्बन्धित क्षेत्रको अध्ययन, छलफल र नीतिगत सुझाव तयार गर्ने कार्य गर्ने जनाइएको छ ।

0 Comments