२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी र प्राविधिक जनशक्तिको क्षमता बढाउन इजरायलसँग सहकार्य प्रस्ताव

अ+ अ-

काठमाडौँ। पोखरा महानगरपालिकाले आफ्ना कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग सहकार्यको पहल अघि बढाउने भएको छ ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबाससँगको भेटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको जनशक्तिको क्षमता विकास, आधुनिक प्रविधि र ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेका हुन् ।

भेटका क्रममा प्रमुख आचार्यले इजरायलले कृषि, प्रविधि र सीप विकासका क्षेत्रमा हासिल गरेको अनुभव नेपालका स्थानीय तहका लागि उपयोगी हुन सक्ने बताए । उनले महानगरका कर्मचारी तथा प्राविधिक टोलीलाई आधुनिक ज्ञान र सीपसँग जोड्न इजरायलसँग सहकार्यका नयाँ अवसर खोज्न आवश्यक रहेको धारणा राखे ।

उनले विशेष गरी आधुनिक कृषि प्रविधि, प्राविधिक सीप विकास, रोजगारी प्रवर्द्धन तथा क्षमता अभिवृद्धिका क्षेत्रमा दुई पक्षीय सहकार्य विस्तार गर्न सकिने बताए ।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुसार पर्यटन, संस्कृति र प्रविधिको क्षेत्रमा समेत इजरायलसँग साझेदारीका सम्भावना रहेको प्रमुख आचार्यको भनाइ थियो ।

भेटमा राजदूत एरीबासले इजरायलको आधुनिक कृषि प्रणालीबाट नेपालले लाभ लिन सक्ने बताए । उनले इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत त्यहाँ पुगेका नेपाली युवाले कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप हासिल गरिरहेको उल्लेख गर्दै प्रविधि र अनुभव आदानप्रदानमार्फत सहकार्य विस्तार गर्न सकिने धारणा राखे ।

0 Comments