२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदीको भिडियो हटाइएपछि मेटा-भारत सरकारबीच छलफल, जुकरबर्गले बिनासर्त माफी माग्नुपर्ने अडान

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो फेसबुकबाट हटाइएको घटनापछि मेटाका उच्च अधिकारीले भारत सरकारसँग छलफल गरेका छन् ।

मेटाका प्रमुख विश्वव्यापी मामिला अधिकारी जोएल काप्लानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब ४५ मिनेटसम्म चलेको छलफलमा मेटाका अधिकारीहरूले प्रधानमन्त्री मोदीको भिडियो त्रुटिवश हटाइएको भन्दै त्यसको कारणबारे सरकारलाई जानकारी गराएका थिए ।

मेटाका प्रतिनिधिले भारतका सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

यसैबीच, भारतीय संसदअन्तर्गत सञ्चार तथा सूचना प्रविधिसम्बन्धी स्थायी समितिले मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गले उक्त घटनाका विषयमा प्रधानमन्त्री मोदीसँग बिनासर्त माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

समितिले यस्ता प्रकृतिका घटना पुनः दोहोरिए भारतमा मेटाले पाउँदै आएको कानुनी संरक्षणसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको जनाएको छ ।

0 Comments