२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी सिर्जना र सीप विकासमा सरकार-निजी क्षेत्र सहकार्य गर्ने निर्णय

अ+ अ-

काठमाडौँ। रोजगारीका अवसर विस्तार तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा विभिन्न व्यवसायी महासंघ तथा संघका पदाधिकारीसँग भएको छलफलमा उद्योग तथा व्यवसायको आवश्यकताका आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने विषयमा प्राथमिकताका साथ छलफल भएको हो।

बैठकमा तालिम कार्यक्रमलाई श्रम बजारको वास्तविक मागसँग जोड्ने र तालिम हासिल गरेका जनशक्तिलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा आबद्ध गर्ने विषयमा समेत छलफल भएको थियो। उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक पर्ने जनशक्ति र उपलब्ध सीपबीच देखिएको असन्तुलन सम्बोधन गर्न सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए।

छलफलपछि रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र दक्ष जनशक्ति विकासका लागि सरकार तथा निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने निर्णय भएको छ।

सरकारले निजी क्षेत्रको जनशक्ति आवश्यकतालाई आधार बनाएर सीप विकासका कार्यक्रम सञ्चालन गर्ने तथा तालिम र रोजगारीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने नीति अवलम्बन गर्ने भएको छ। यसबाट श्रम बजारको मागअनुसार जनशक्ति विकास गर्ने र रोजगारीका अवसर विस्तार गर्ने उद्देश्य राखिएको छ।

0 Comments