सिफारिसअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य मनोनीत गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तीनवटा प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा सदस्य मनोनीत गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)को को अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसअनुसार साउन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य मनोनीत गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यले जनाएका छन् ।






